काठमाडौँ, असोज ९ । लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई वडाध्यक्षले कुटपिट गरेका छन् ।
बेसीशहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राती डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन् ।
बस्नेतले नर्सिङ कक्षको ढोका फोडी भित्र प्रवेश गरेर टाउको र छातीमा लात्ती, मुक्कासमेत प्रहार गरेको डाक्टर अधिकारीले बताएका छन् । वडाध्यक्ष बस्नेतलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।




