फार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

`

     २०८० आश्विन ०८ गते ४:३५

काठमाडौँ, असोज ८ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताएका छन् ।

विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फर्मेसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिए ।

“अनुगमनका क्रममा धेरै ठाउँमा फार्मेसीले दिएको सेवामा औषधि होइन, विषादी दिइरहेको पायौँ । अनुगमनपछि सुधारको जुन अपेक्षा गरिएको हो, त्योअनुसार सुधार भएको छैन । कारबाहीको प्रक्रिया निरन्तर अघि बढेको छ”, उनले भने । उनले फार्मेसी सेवालाई गुणस्तरीय बनाउन फार्मासिष्ट आग्रह गरे ।

“केही फार्मासिष्टले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मासिष्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । चिकित्सकको सिफारिस बिना लागुऔषध पनि वितरण भइरहेको छ । यस क्षेत्रको विकृतिलाई हटाउन हामी सबै गम्भीर बन्न आवश्यक छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?