काठमाडौं,८ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा रहेका देशैभरका राहात तथा बाल विकासका शिक्षकहरुले आजपनि आन्दोलनमा उत्रिने भएका छन् ।
शिक्षा विधेयकको विरोधमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच ७ बुँदे सहमति भएपनि उक्त सहमतिप्रति असन्तुष्ट रहेका राहात र बाल विकासका शिक्षकहरुले आफ्नो आन्दोलनलाई निरन्तरता दिईरहेका छन् ।
आन्दोलनरत शिक्षकहरुले आज सडकमै सुतेर विरोध जनाउने भएका छन् ।




