राष्ट्रपति पौडेल जनकपुरधाम पुगेर गरे जानकी मन्दिरमा पूजाअर्चना

`

     २०८० आश्विन ०८ गते १०:१७

काठमाडौँ, ८ आश्विन । राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम पुगेर राम जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् ।राष्ट्रपति पौडेल मन्दिर दर्शन गर्न आज तनहुँबाट जनकपुरधाम पुगेका हुन् ।

सो अवसरमा महन्त राम तपेश्वर दासले मायाको चिनोस्वरूप जानकी मन्दिर अंकित तस्बिर दिए । राष्ट्रपति पौडेललाई मधेशका मुख्यमन्त्री रामसरोज यादव, जनकपुरधामका मेयर मनोज साह, कांग्रेस नेता विमलेन्द्र निधीलगायतले स्वागत गरेका थिए ।

नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी मन्दिर दर्शनमा आउने राष्ट्रपति पौडेलको यसअघिको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै उनी आज जनकपुर पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?