काठमाडौँ, असोज ५ । सरकार र आन्दोलनतरत शिक्षकबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार वार्ता शिक्षा मन्त्रालयमा जारी छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वको सरकारी वार्ता टोलीले उनीहरुलाई वार्ताका लागि बोलाएको प्रवक्ता सापकोटाको भनाइ छ ।
सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र कानुनमन्त्री धनराज गुरुङलगायत सहभागी छन् । शिक्षकहरुका तर्फबाट नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारलगायतका महासंघ पदाधिकारीहरु सहभागी छन् ।