काठमाडौँ, असोज ५ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक बोलाइएकोबारे आज बसेको केन्द्रीय समितिमा प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन् । असोज ८ र ९ गते बस्नेगरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
बैठकमा प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल हुने बताइएको छ । संसदसँग सम्बन्धित अन्य समसामयिक विषयलाई पनि बैठकको एजेन्डा बनाइएको छ ।
प्रमुख सचेतक लेखकले शिक्षकहरूको जायज माग पूरा हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताए। उनीहरूको जायज माग पूरा गर्ने सम्बन्धमा कांग्रेसले सक्दो भूमिका खेल्ने पनि उनले बताए ।