काठमाडौं,५ असोज । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षक र सरकारबीच आजै पुनः वार्ता हुने भएको छ ।
बुधबारदेखि दशैभरका सामूदायिक विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीत बिहीबार पनि वार्ता भएको थियो । तर, उक्त वार्तामा कुनै सहमति हुन सकेन् । आजबिहान फेरि वार्ता हुने भनिएपनि सरकारले औपचारिकरुपमा वार्ता आव्हान नगरेपछि शिक्षकहरु वार्तामा गएका थिएनन् । शिक्षकहरु वार्तामा नआएपछि सरकारले आजै औपचारिक पत्र लेखेर वार्ताको लागि आव्हान गरेको आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
आजै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनरजा गुरुङ, शिक्षामन्त्री अशोक राई र सञ्चारमन्त्री रेखा शर्माले आन्तरिक छलफल गरेका थिए ।
सरकारले औपचारिक वार्ताका लागि आव्हान गरेपछि शिक्षक संघले पनि आन्तरिक छलफल थालेको छ । गत हप्ता संसद्मा दर्ता भएको विधेयकलाई लिएर शिक्षकहरु रुष्ट बनेका छन् ।