शिक्षक आन्दोलनबारे छलफल गर्न उपप्रधानमन्त्री खड्काद्वारा आकस्मिक बैठक आह्वान

`

     २०८० आश्विन ०४ गते ११:०३

काठमाडौँ, आश्विन ४ । कार्यवाहक प्रधानमन्त्रीको जम्मेवारी सम्हाल्दै आएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकको आन्दोलनबारे छलफल गर्नका लागि बैठक बोलाएका छन् ।

बुधबारदेखि काठमाडौंमा जारी शिक्षकको आन्दोलनलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा उपप्रधानमन्त्री खड्काले आकस्मिक बैठक बोलाएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?