काठमाडौँ, ३ असोज । आफूलाई ‘ईः’ नामले चिनाउने अभियन्ता इशान श्रेष्ठको अगुवाइमा राष्ट्रियसभा गृहअगाडि आन्दोलन भइरहेको हो । मंगलबारदेखि सुरु भएको आन्दोलनको दौरानमा ईः ले ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने बताइएको छ ।
मंगलबार दिउसो १ बजेदेखि राष्ट्रिय सभा गृहअगाडि उभिएका ईःले यो आन्दोलन आसोज ५ को ६ बजेसम्म जारी रहने बताएका छन् । चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै यस्तो आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।
फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग ईःले राख्दै आएका छन् ।




