दोहोरो अंकले बढ्यो नेप्से

`

     २०८० आश्विन ०२ गते ३:४०

काठमाडौं, असोज २ । मंगलबारको कारोबारमा नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ बिन्दुमा बन्द भएको छ। गत कारोबार दिन ८७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ पुगेको छ।

यस दिन २७२ वटा धितोपत्रको ४३ लाख ३६ हजार ५८३ कित्ता सेयर किनबेच भएको हो।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र व्यापार समूहको परिसूचक ०.०९ र ०.९३ अंकले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशतले बढेको हो। यस्तै, वित्त समूहको परिसूचक १.९५ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?