हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णय

`

     २०८० आश्विन ०१ गते ५:१०

काठमाडौँ,असोज १ । हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको छ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अध्यक्षतामा सोमबार बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सर्वदलीय एवम् सर्वपक्षीय बैठकमा प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद, शिक्षासँग सम्बन्धित विपद् एवम् विशेषज्ञ तथा प्रशासनिक निकायका प्रमुखको बैठकले क्याम्पसलाई विश्वविद्यालय बनाउने सहमति गरेको हो।

विश्वविद्यालय निर्माणका लागि हस्ताक्षर संकलन पनि गरिने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?