मेरो अडानको कारण एमसीसी सम्झौता संशोधन भयो : माधव नेपाल

`

     २०८० आश्विन ०१ गते ४:११

काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी सम्झौता आफ्नो कारण संशोधन भएको दाबी गरेका छन् । उनले एमसीसी सम्झौता संशोधनसहित संसदबाट पारित नगरेको भए नेपालको हात तल पर्ने थियो भन्ने टिप्पणी गरे ।

पार्टीले आज काठमाडौं मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसीको विरोध गरेको भन्दै झलनाथ खनालप्रति व्यंग्य नै कसे । उनले एमसीसीको विरोध गरिरहने खनाललक्षित गर्दै भने–‘केही केही मान्छेको गीत नै के छ भने एमसीसीलाई अस्वीकार गर्नुपर्थ्यो । त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनको स्वार्थको रक्षा हुने, विदेशीको हालीमुहाली चल्दा तमासा हेरेर बस्ने, अनि जनताले हामीलाई वाहा वाहा क्रान्तिकारी भनेर साथ दिने थिए भनेर हवाई कल्पना गरेर मात्र केही हुने थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?