अध्यक्ष तिमिल्सिना र राजदूत भोल्कबीच शिष्टाचार भेट

`

     २०८० आश्विन ०१ गते ३:२६

काठमाडौँ, १ असोज । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् । सिंहदरवारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे । उनले धेरै नेपाली विद्यार्थीहरुको आकर्षक शैक्षिक गन्तव्यको रुपमा अष्टे«लिया पर्न थालेको बताउँदै नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरु लाभान्वित हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?