कांग्रेसले स्थगित बिपी साहित्य महोत्सव असोज ३ गते गर्ने

`

     २०८० आश्विन ०१ गते १:०८

काठमाडौं, असोज १ । नेपाली कांग्रेसले स्थगित बिपी साहित्य महोत्सव असोज ३ गते गर्ने भएको छ।

संविधान दिवसका दिन कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बिपी महोत्सवको बाँकी कार्यक्रम गर्ने भएको हो।

नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि गत भदौ २६ गते कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?