आजबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

`

     २०८० आश्विन ०१ गते १२:४२

काठमाडौं, असोज १ । आज (असोज १) देखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सक्ने भएका छन्।

राहदानी विभागले आइतबार एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने बताएको हो।

यसअघि विभागमा ६६ पृष्ठको राहदानीका लागि मात्र आवेदन दिन सकिन्थ्यो।

गत असारमा ३४ पृष्ठको राहदानी सक्किएपछि विभागले ६६ पृष्ठको राहदानीको शुल्क पनि ५ हजार रुपैयाँ नै बनाएर त्यही राहदानी दिइरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?