काठमाडौँ, ३१ भाद्र । काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्या एकै जनाले गरेको खुलेको छ । प्रहरीका अनुसार हत्यामा संलग्न आरोपमा पक्राउ परेका सञ्जय भण्डारीले चार जनाको हत्या गरेको स्विकार गरेका छन् ।
सिन्धुपाल्चोक घर भएका भण्डारीले सामूहिक हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ । उनलाई आजै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । उनलाई सीसी क्यामेरामा देखिएको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।




