एनआइसी एशिया बैंकद्वारा लाभांश घोषणा

`

     २०८० भाद्र २९ गते १२:०५

काठमाडौं, भदौ २९ । एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?