‘संघीय मामिला मन्त्रालयमा विचौलियालाई प्रवेश रोक लगाउन सुझाव’

`

     २०८० भाद्र २८ गते १२:३७

काठमाडौं, २८ भदौ । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई मन्त्रालयमा साविकदेखि हुने गरेको अनियमितता रोक्न सुझाव दिएका छन् ।

उनले मन्त्रालयमा विचौलियाको प्रवेशमा रोक लगाउन पनि सुझाव दिएका हुन् । उनले कसैले पनि कसैसँग पैसा लिएर सरुवा तथा बढुवा गराउन नहुने धारणा राखेका छन् । उनले फेशबुकमार्फत मन्त्री देवीलाई दिएको सुझाव सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?