काठमाडौँ, २८ भदौ । नेपाल राष्ट्र बैंकले आगामी भदौ ३१ गते ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।
बुधबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई आवेदन आह्वान गरेको छ । इच्छुक लगानीकर्ताहरुले भदौ २९ गते अपराह्न ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।




