७ प्रदेशका श्रममन्त्रीहरुको संयुक्त बैठक सुरु

`

     २०८० भाद्र २७ गते ६:०६

काठमाडौँ, भाद्र २७ । सातै प्रदेशका श्रम मन्त्रीहरुको संयुक्त बैठक सुरु भएको छ । श्रम मामिलासँग सम्बन्धित क्षेत्रमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नीति तथा कानुनमा एकरुपता ल्याउन भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बैठक सुरु भएको हो ।

संघीय श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा पहिलो पटक विषयगत समितिको बैठक बसेको हो ।

बैडकमा व्यावसायिक सीप, श्रम सम्बन्ध, व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षा, वैदेशिक रोजगारीको राहत, उद्धार, सहयोग, कल्याणकारी कार्य एवं श्रम स्वीकृति, आन्तरिक रोजगारी सिर्जना र प्रधानमन्त्री रोजगार कार्यक्रमको विद्यमान अवस्था र अपेक्षित सहकार्य, सुरक्षित आप्रवासन कार्यक्रमको विद्यमान अवस्था र आगामी चरणमा तीनै तहका सरकारबीच अपेक्षित सहकार्यसम्बन्धी एजेन्डा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?