" /> विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता - Sarbocha Media

विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता

`

     २०८० भाद्र २७ गते ११:४८

काठमाडौँ, २७ भाद्र । विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० आज ९बुधबार० प्रतिनिधि सभामा दर्ता भएको हो।

प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक हिजो नै संसदमा आइपुगेको थियो । तर, सबै प्रकृया नपुगेका कारण दर्ता भन हुन सकेको थिएन। उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?