काठमाडौं, भदौ २६ । प्रतिनिधि सभाको बैठक भदौ २८ गते बस्ने भएको छ।
भदौ २७ गतेका लागि पूर्वनिर्धारित बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनका कारण एक दिन पछि सारिएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
संविधान सभाका अध्यक्ष नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो।





