नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको तयारी

`

     २०८० भाद्र २६ गते १०:१०

काठमाडौँ, भदौ २६ । मन्त्रिपरिषदको आकस्मिक बैठक केहि बेरमा बस्न लागेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने बारे निर्णय गर्ने तयारीमा सरकार रहेको छ ।

बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्दै छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको गएराती हृदयघातबाट निधन भएको थियो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?