सुन तस्करी प्रकरणमा बिध ल्याबका सञ्चालक भण्डारीसँग सिआइबीले लियो बयान

`

     २०८० भाद्र २५ गते ९:५८

काठमाडौँ, भदौ २५। सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका बिश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पुर्व मन्त्री पुनका बिश्वास पात्र मानिन्छन् ।

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखे पछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भईरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टी हुने आधार देखा परे पछि सिआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?