काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव सुरू गरेको छ। महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बेलुन उडाएर र पानसमा बत्ती बालेर सुरू गरेका हुन्।
पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वश्वेरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० हुनेछ।




