काठमाडौँ, भदौ १९ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति अराजक भएको टिप्पणी गरेका छन् ।
मंगलबार पार्टीनिकट कर्मचारीको संगठन नेपाल निजामती कर्मचारी युनियनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक अभिव्यक्ति दिन नहुने बताएका हुन् ।
सो कार्यक्रममा काठमाडौँ महानगरका मेयर बालेन शाहको पछिल्लो अभिव्यक्ति समेत अराजक भएको बताएका छन् । उनले प्रधानमन्त्री प्रचण्ड र काठमाडौं महानगरका मेयर बालेनको अराजक पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने दाबी गर्दै यी अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने उनको सुझाव दिए ।




