काठमाडौँ, १८ भाद्र । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय ५० तोकिएको छ ।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।




