नेप्सेमा दोहोरा अङ्कको गिरावट

`

     २०८० भाद्र १७ गते ३:३५

काठमाडौं, भदौ १७ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा बन्द भएको छ।

यस दिन २७६ वटा धितोपत्रको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको हो।

आइतबार थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य २५४ रुपैयाँ १० पैसा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?