काठमाडौँ, १५ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।
शुक्रबार उनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा नेपाल–बेलायतबीचको सम्बन्ध सुदृढ बनाउँदै सहकार्य बिस्तार गर्ने बारेमा छलफल भएको बताइएको छ ।




