काठमाडौँ, १५ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा गएपछि कार्यवाहक मुख्यमन्त्रीमा मंगलबहादुर शाहीलाई तोकिएको छ । प्रदेश प्रमुख तिलक परियारले भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत रहेका शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री शर्मा सेप्टेम्बर १ देखि २ सम्म स्वीट्जरल्याण्डको जुरीचमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनका लागि गएका छन् ।




