काठमाडौं, भदौ १३ । समाजवादी मोर्चाले अन्तिम समयमा धनगढीको सभा स्थगित गरेको छ।
समाजवादी मोर्चाले बुधबार दिउँसो १ बजे सुदूरपश्चिमको धनगढीमा सभा राखेको थियो।
‘माथिबाट अहिले स्थगित भयो भन्ने जानकारी दिनु भएको छ। के कारणले स्थगित भयो भनेर बताइएको छैन,’ माओवादी केन्द्रका नेता खगराज भट्टले भने।
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले तयारी नपुगेकाले स्थगित गरिएको बताए।




