काठमाडौँ, भदौ १३ । नेकपा एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँछ । धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेसन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।
गत भदौं ९ वाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजवाट सुरु हुन लागेको हो ।
‘भौगलिक बिकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३ गतेवाट सचिवालय बैठक सुरु हुनेछ,’ एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले भने । उनका अनुसार बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन बिभागका प्रमुखहरु पनि सो बैठकमा सहभागी हुन पुग्दैछन ।




