६०७० जना नेपाली शान्ति सैनिक कार्यरत

`

     २०८० भाद्र ११ गते ४:२७

काठमाडौँ, ११ भदौ । विभिन्‍न १३ मिशनहरुमा ६०७० जना शान्ति सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ । यो संख्यासँगै नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरुमध्ये शीर्ष दोस्रो स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्तै, नेपालबाट ५६४ महिला पनि शान्ति सैनिकका रुपमा खटिएका छन् । जुन महिलाहरुतर्फ शान्ति सेनामा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुमध्ये सबैभन्दा ठूलो सहभागिता भएको सेनाले जनाएको छ ।

यसैबीच सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फाका ७१ जना शान्ति सैनिकहरु सोमबार सेन्ट्रल अफ्रिकन रिपब्लिकका लागि प्रस्थान गरेका छन् । प्रमुख सेनानी अशोक कुमार मल्लको नेतृत्वमा रहेका उक्त टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

यसअघि भाद्र १० गते सोही मिशनमा सहभागी सैनिक प्रहरी युनिट (शान्ति सेना) आठौं डफ्फाका ७१ जना सैनिकहरु प्रमुख सेनानी भगत तामाङ्गको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?