काठमाडौँ, भदौ ११ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता लुछाचुँडीले देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख भएको टिप्पणी गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले त्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्तिरशक्तिहरूको सत्ता लुछाचुंडीले गम्भीर संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको बताएका हुन् ।
भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भूमरीमा पर्दै गएको बेला राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाई छ ।




