काठमाडौँ, भदौ १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा स्वागत गर्ने बताएका छन् । भण्डारीलाई पार्टीमा कसैले निषेध नगरेको बताउँदै उनले आउन चाहे सधैं स्वागत गर्ने बताएका हुन् ।
नेकपा एमाले एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकमा बोल्ने क्रममा उनले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने पनि बताए । ‘उहाँले राजनीति गर्छु भन्दा कसले रोक्छ रु हामी उहाँलाई निषेध गर्दैनौं’, ओलीले भने, ‘उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आउँछु त भन्नुपर्यो, सधैं वेलकम छ ।’




