माओवादी केन्द्रद्वारा आइसिटी फोरमको गठन

`

     २०८० भाद्र १० गते ३:१८

काठमाडौँ, भदौ १० । नेकपा (माओवादी केन्द्र)ले आइसिटी फोरम गठन गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरे ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय हल्लाकै भरमा सङ्गठन बनाउने प्रवृत्ति देखिएको भन्दै सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्ने उद्देश्यले फोरम गठन गरिएको बताए ।

“यो सूचना प्रविधिको युग हो, यसको महत्व हामी सबैले बुझ्न जरुरी छ”, उनले भने, “राजनीतिक दल सफल बनाउनका लागि पनि सूचना प्रविधिको प्रयोग अपरिहार्य बनेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?