काठमाडौँ, भाद्र १० । कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गर्दै जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
जेडईसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३-२४ को चुनावमा मनांग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्द्वीलाई पराजित गरेको बताए ।
मनांगाग्वाका प्रमुख प्रतिस्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिसन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेको चिगुम्बाले बताए । जिम्बावेको कानुनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।




