काठमाडौं, भदौ १० । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेबाट बस्दैछ ।
आजको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रीपरिषद्को गठन र मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराइने, राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने आदी कार्यसूची छ।




