संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

`

     २०८० भाद्र ०७ गते २:०१

काठमाडौँ, भदौ ७ गते । संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया हुने सभामुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?