कोशीका मुख्यमन्त्रीबिरुद्धको रिटमा आज सुनवाई हुने

`

     २०८० भाद्र ०७ गते १०:१०

काठमाडौँ, भदौ ७ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संबैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाई हुदैँछ ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

कोशी सरकारका पुर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्बोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?