एमाले अध्यक्ष ओली र अमेरिकी राजदूतबीच बालकोटमा भेट

`

     २०८० भाद्र ०५ गते ११:३७

काठमाडौं, भदौ ५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थम्पसनबीच मंगलबार भेटवार्ता भएको छ।

अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच ओलीको निवास बालकोटमा भेट भएको हो।

भेटमा दुई देशको सम्बन्ध, कार्यान्वयनमा जान लागेका एमसिसी परियोजनालगायत विषयमा कुराकानी भएको बुझिएको छ।

भेटमा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?