सर्वदलीय बैठकको समय सर्यो

`

     २०८० भाद्र ०४ गते ४:१९

काठमाडौँ, भदौ ४ । सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकको समय सरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ ।

मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?