सात प्रदेशमा गर्ने कार्यक्रमबारे छलफल गर्न समाजवादी मोर्चाले बोलायो बैठक

`

     २०८० भाद्र ०३ गते १०:२०

काठमाडौँ, ०३ भदौ । सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपासहितको चार दलीय ‘समाजवादी मोर्चा’को बैठक आज बस्ने भएको छ ।

बैठक साँझ ६ बजे बस्ने गरी बोलाएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्नेछ ।

गुरुङका अनुसार बैठकमा सातै प्रदेशमा गर्ने भनिएको कार्यक्रमको स्वरूप, मिति र स्थानबारे छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?