पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीको डुङ्गा पल्टिँदा ६० भन्दा बढीको मृत्यु

`

     २०८० श्रावण ३२ गते १०:१५

एजेन्सि, ३२ साउन । पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीको डुङ्गा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ ।

उक्त डुङ्गामा करिब १०० जना सवार थिए, जसमध्ये अधिकांश सेनेगल र सियरा लियोनका थिए र एक महिनादेखि समुद्र यात्रा गरिरहेका थिए ।

यो दुर्घटना कहिले भएको हो भन्ने अझै खुलेको छैन ।

पुलिसले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार जहाज पहिलो पटक सोमबार देखिएको थियो । प्रारम्भिक रिपोर्टमार्फत डुङ्गा डुबेको जानकारी प्राप्त भयो ।

प्रहरीका अनुसार काठको डुङ्गा साल टापुबाट लगभग ३२० किलोमिटर ९२०० माइल० पर देखिएको थियो । त्यसपछि अधिकारीहरूलाई सतर्क गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?