सुन तस्करी रोक्न कर तिरेर खुला गर्नुपर्ने देउवाको दाबी

`

     २०८० श्रावण २९ गते २:०५

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले तस्करी रोक्न भए पनि कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?