काठमाडौँ, श्रावण २८ । नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आहृवान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आहृवान गरेको हो ।
जसअनुसार १० अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब रुपैयाँको ९१ दिने र ६ अर्ब रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले सोमबार (साउन २९ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।




