छानबिन समितिमा हामीले एमालेका मान्छे राख्ने भनेको हो र ?

`

     २०८० श्रावण २८ गते १:४८

काठमाडौं, २८ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । आज (आइतबार) एमाले मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले भने–‘छानबिन समिति भनेको एमालेले आफ्ना मान्छे राखेर भनेको हो र रु हामीले त न्यायिक छानबिन भनेको हो । एसपीको नेतृत्वमा अनुसन्धान गरेपछि एसएसपीले निर्देशन दिएपछि एसपीले आदेश पालना गर्नुपर्छ । देश यति गम्भीर अवस्थामा पुगेको छ । त्यसैले गम्भीर हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?