चितवन, साउन २८ । मौसमको खराबीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ चितवनमै रोकिएका छन्।
शक्रबार भरतपुर आइपुगेका प्रधानमन्त्री दाहाल शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।
उनी आइतबार विहान ७:३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने तयारी थियो।
तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले बताए।




