एजेन्सि, साउन २६ । अमेरिकाको पश्चिमी टापु प्रान्त हवाईको माउइमा भीषण आगलागीबाट अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ।
सिएनएनका अनुसार आगलागीमा परी बिहीबारसम्म ५३ जनाको मृत्यु भएको र मृतकको संख्या अझै बढ्ने सम्भावना छ।
हवाईका गभर्नर जोस ग्रिनले आगलागीले पर्यटकीय शहर लहाइनालगायत क्षेत्रमा आगलागीबाट १००० भन्दा बढी संरचना ध्वस्त भएको र हजारौं विस्थापित भएको बताएका छन्।
आगलागी नियन्त्रणका लागि अमेरिकी कोस्ट गार्डको हेलिकप्टर र सयौं अग्नि नियन्त्रक यन्त्र र जनशक्ति परिचालन गरिए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन।




