भगवती पाण्डे दोषी देखिए कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

`

     २०८० श्रावण २४ गते ५:२६

काठमाडौँ, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ता भगवती पाण्डेले तामाङलगायतका संस्कारमाथि दिएको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार आदिवासी जनजातिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उनी दोषी देखिए कारबाही हुने बताएका हुन् ।

‘तामाङ समुदायको संस्कारलाई आँच पुग्ने गरी भगवती पाण्डेले दिएको भन्ने अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा आज बिहानमात्र मैले प्रहरीका उच्च अधिकारीसँग छलफल गरेको छु’, उनले भने, ‘दोषी देखिएमा कारबाही हुन्छ । आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरी केही व्यक्तिहरू गम्भीर घाइते भएको विवरण आएका छ । अत्यधिक बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाही हुने कुरा तपाईंहरूलाई जानकारी गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?